स्थानिय समाचार

पाख्रीवासमा पशु स्वास्थ्य तथा आहार सम्वन्धि शिविर

पाख्रिबास,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ४ पशुपालक दुग्ध उत्पादक कृषकहरुका लागि आज पाख्रीवास कृषी अनुसन्धान केन्द्रको तालिम हलमा पशु स्वास्थ्य तथा आहार सम्वन्धि १ दिवसिय शिविर सञ्चालन गरिएको छ ।

पाख्रीवास कृषी अनुसन्धान केन्द्रको आयोजना तथा पाख्रीवास ३ र ४ नं वडा कार्यलयको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । ४ नं वडाध्यक्ष शोवित निरौलाको प्रमुख आतिथ्य तथा पाख्रीवास कृषी अनुसन्धान केन्द्रका प्रमुख अम्मर पुन मगरको अध्यक्षतामा सञ्चालित शिविरमा ती दुवै वडाका २३ जना दुग्ध उत्पादक किसानहरुले सहभागिता जनाएका थिए ।

 

शिविरमा कृषकहरुलाई प्रमाण पत्र सहित दुध दिने पशुहरुका लागि आवश्यक पर्ने औषधि एवम् भिटामिनहरु उपलव्ध गराईएको ४ नं वडाध्यक्ष निरौलाले जानकारी दिनुभयो । शिविरमा वोल्दै उहाँले स्थानिय सरकारको तर्फबाट आउदा दिनहरुमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भने कृषी अनुसन्धान केन्द्रको सेवा किसान सम्म पुर्याउन केन्द्र सधै प्रयासरत रहेको भन्दै थप सहयोग स्थानिय सरकारले गर्नुपर्ने केन्द्रका प्रमुख मगरले वताउनुभयो ।

 

३ नं वडा सदस्य मान वहादुर महत अतिथि रहनुभएको शिविरको सहजिकरण डा रितेश प्रसाद शाह, डा सुमन डागी, सञ्जय कुमार झा र सकुन्तला राईले गरेका थिए । सहयोग खेम पोमु र वल वहादुर दर्लामीले गरेका थिए । सञ्चालन वालि प्रजनन् वैज्ञानिक अमृत पौडेलले गर्नुभएको थियो । शिविर सामाजिक दूरी कायम गर्दै सञ्चालन गरिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button