स्थानिय समाचार

सर्बोच्चको फैसलालाई स्वागत गर्दै पाख्रीबासमा पनि दीप प्रज्ज्वलन

धनकुटा ।प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्बोच्च अदालतको फैसलाको स्वागतमा धनकुटाको पाख्रीबासमा दीप प्रज्ज्वलन गरिएको छ ।

सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेसंगै नेकपा प्रचण्ड-नेपाल समूह,नेपाली कॉंग्रेस लगायतले दीप प्रज्जवलन गरेका हुन् ।

कार्यक्रममा पाख्रीबास नगरपालिका-४ का वडा अध्यक्ष सोवित निरौला,नेका का नेता तथा समाजसेवी ज्ञान बहादुर गुरुंग,अनेरास्ववियु जिल्ला कार्यालय सदस्य – सचिवालय सदस्य सावित्रा घिमिरे लगायत अन्य पार्टीका नेता,स्थानिय ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Back to top button