स्थानिय समाचार

जालपादेवी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

धनकुटा ।धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्बर ४ मा रहेको जालपादेवी माध्यमिक बिद्यालयको ६३ औं वार्षिकोत्सब तथा अभिभावक भेला आज सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि धनकुटा प्रदेश”ख” का प्रदेश सांसद ईन्द्रमणि पराजुली रहनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख अतिथि पराजुलीले यस नमुना विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफुले सकेसम्म लागि पर्ने बताउनु भयो साथै नगरपालिकाले कुनै पूर्वाग्रह नराखी विद्यालयलाई सहयोग गर्न सुझाव पनि दिनु भयो ।

कार्यक्रमलाई प्रमुख अतिथि पराजुलीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएपछि विद्यालयका सह-प्रधानाध्यापक देउता थापाले स्वागत मन्तब्य राख्नु भएको थियो साथै विभिन्न वडाका वडा अध्यक्ष,बैक प्रतिनिधि,स्कुल सम्बद्द अभिभावक संघ साथै बिद्यार्थीहरुको तर्फबाट रेश्मा राईले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।हाल यस बिद्यालयमा सबै तर्फ(प्राबिधिक समेत) गरि कुल १ हजार ९९ बिद्यार्थी अध्ययनरत रहेको पनि प्रअ रिमालले जानकारी दिनु भयो ।

कार्यक्रमकै अवसरमा धनकुटा ‘ख’ बाट नवनिर्वाचित प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि पराजुलीलाई सम्मान पत्र र दोसाल्ला ओढाएर बिब्यास अध्यक्ष भट्टराईले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरु साथै शिक्षक-शिक्षिकाको समूहले समेत नृत्य प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसर पारेर संचालन गरिएका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रतियोगी,टीमलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक किशोर कुमार राईले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button