स्थानिय समाचार

धनकुटामा यसरी मनाइयो उधौली चाड

धनकुटा । किराँती समुदायले विहिबार विशेष चाड उधौली (साकेला) भव्यताका साथ मनाएका छन् ।

प्रकृति पूजक किराँती समुदायले नयाँ वाली भित्र्याईएको खुशियाली र चरा चुरुङ्गी लेकबाट बेँसी तर्फ झर्ने संकेतको रुपमा मनाउने यो चाडको अवसरमा पूर्णीमाको दिन आईतवार धनकुटाको राईकुवा टोल स्थितको साकेला थानमा विधिपूर्वक उधौली पूजा आराधना गरेका छन् ।

पूजाआराधनापछि टुडिखेलमा आएर किराँती कलाकारहरुबाट साकेला पापानी नाच नाचेर यो पर्व मनाईएको हो । किरात राई यायोक्खा धनकुटाको आयोजनामा सञ्चालित कार्यक्रममा किराती समुदायका कलाकार तथा समुदायको उल्लेख्य सहभागिता थियो ।

यो पर्व किराँती समुदायका सुनुवार,राई ,लिम्बु, याख्खाहरुको बसोबास रहेको क्षेत्रमा मनाउने गरिन्छ । यो पर्वमा किराँती समुदायले आफ्नो पितृलाई स्मरण गरि खेतबारीमा पाकेको अन्नबाली ईस्ट देवतालाई चढाउदै खानका लागि अनुमती माग्ने गर्दछन् ।

सुनुवारले फुलस्यादर,राईले उधौली (साकेला),याख्खाले चासुवा र लिम्बुहरुले चासोक तङ्नामको नामले मनाउने गर्दछन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button