स्थानिय समाचार

सिंहकाली कृषक समूह पाख्रीवासको १७ औ वार्षिक साधारणसभा सम्पन्न

धनकुटा । आफ्नो समूदायका स्थानिय कृषकलाई कुनै समस्या पर्दा आर्थिक सहयोग गर्दै कृषीमा समेत आत्मा निर्भर वनाउने लक्षका साथ गठित श्री सिंहकाली कृषक समूह पाख्रीवासको १७ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

पाख्रीवास ४ र ५ नं वडाका जम्मा ३७ जना कृषक आवद्ध यस कृषक समूहको साधारणसभा ४ नं वडाध्यक्ष सोवित निरौलाको अध्यक्षता तथा समूहका अध्यक्ष टोम गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच सम्पन्न भएको हो । यो कृषक समूहले सामूहिक सेवा प्रदान गर्ने क्रममा समूहमा आवद्ध सदस्यहरुलाई कुनैवेला आपत्कालिन रुपमा स्वास्थ्य समस्या पर्दा उपचारका लागि आर्थिक सहयोग गर्दै आएको अध्यक्ष गुरुङले वताउनुभयो ।

यसका साथै समूहका सदस्यहरुलाई कृषीमा आत्मा निर्भर वनाउन तरकारी खेति तथा पशुपालनका लागि कृषक समूहले सहयोग गर्दै आएको उहाँले वताउनुभयो । यो समूहमा सम्वद्ध किसानहरुले यदी गाई पालन गर्न चाहेको खण्डमा एउटा गाई खरिका लागि वर्षमा ४० हजार सम्म समूहले ऋण स्वरुप उपलव्ध गराउदै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यसरी समूहले १ वर्षमा ६ वटा सम्म गाई खरिद गर्नका लागि सदस्यहरुलाई ऋण दिन सक्ने उहाँको भनाई छ । उहाँका अनुसार अहिले यो कृषक समूहका सवै सदस्य तरकारी खेती तथा पशुपालनमा सम्वद्ध छन् ।

सम्बन्धित समाचार

Back to top button