स्थानिय समाचार

पाख्रिबास ८ की सजना मृत्यु प्रकरणमा धनकुटा प्रहरीले जाहेरी लिएन !

पाख्रिबास,धनकुटा । धनकुटा पाख्रिबास नगरपालिका ८ भुँवरेकी सजना श्रेष्ठ आत्महत्या प्रकरणमा प्रहरीले किटानी जाहेरी नलिएपछि उनका माईती पक्षले पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन् ।

भोजपुर नगरपालिका वडा नं. १० माईत घर भएकी ३४ बर्षिया श्रेष्ठको गएको साउन २४ गते झुण्डिएर मृत्यु भएको थियो । उनको श्रीमान गणेश प्रधान बिदेशबाट आएपछि उनको मृत्यु भएको थियो ।

उनीहरुले सजनालाई झुडिएको हैन झुण्डाईएको हो, घटनालाई निश्पक्ष छानविन गर,अपराधिलाई कार्वाही गर भन्ने माग गर्दै पत्रकार सम्मेलन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले उनको हत्याको किटानी जाहेरी लिन नमानेपछि आक्रोशित परिवारले सरकारी वकील कार्यालयमा जाहेरी दर्तागरी पत्रकार सम्मेलन गरेका हन् ।

माईती पक्षले पाख्रिबास ८ का बर्ष ३८ का ज्वाई गणेश प्रधान ससुरा डम्बर र सासु भिकुमारी प्रधान बिरुद्ध हत्याको जाहेरी दर्ता गरेका छन् । मृतकका आफन्तहरुले ज्वाईले फेबुक म्यासेन्जरमा १५६ पेज लामो अश्लिल गाली सहित ज्यान मार्न दिएको धम्की र अडियो रेकर्ड सुनाएका थिए । घटनाको प्रकृति र बिभिन्न प्रमाणको आधारमा मृतक सजनाको हत्या भएको ठहर आफन्तको ठहर छ ।

प्रहरीले समेत जाहेरी लिन अस्वीकार गरेकोले घटना आत्महत्या नभइ हत्या भएको हुनसक्ने भएकाले दोषीलाई छानविनको दायरामा ल्याउन बिज्ञप्ति मार्फत् बुवा बमबहादुर श्रेष्ठले सरोकारवालाको ध्यानाकर्ष गराएका छन् । घटनालाई लिएर धनकुटाका बिभिन्न संस्थामा आवद्ध महिला अधिकारकर्मीहरुले निष्पक्ष छानबिनमा सहयोगका लागि ऐक्यवद्धता जनाएका छन् ।

जाहेरी अस्वीकारको बारेमा भने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले प्रारम्भिक सरजमिन मुचुल्का र डाक्टरी पोसमार्टमका आधारमा आत्महत्या देखिएकोले हत्याको जाहेरी लिन नसकिएको उनको भनाई थियो । यद्यपी यस घटनाको छानविन जारी रहने उनले  जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button