साहित्य
गजल
गजल
******
आखिरी मनको गीत नहोला र ।
बोल चाल हुदा प्रीत नहोला र ।।
प्रीय सँग यहाँ मेट हुदा भोलि,
जिन्दगी कसरी जीत नहोला र ।
लेख्नु पर्छ सधै एक दुई मात्र,
यो हिसाव नयाँ मीत नहोला र ।
दूनिया सपना चुड्नु भयो मित्र,
सत्य बुझ्नु भए हीत नहोला र ।
के अमूल्य कुरा भन्नु सबै सँग,
प्रश्न सोध्नु कुनै रीत नहोला र ।।
# लोकेश सापकोटा
पाख्रीबास-३, धनकुटा ।
हाल:-UAE.