स्थानिय समाचार

हिले-धनकुटा सडक खण्डमा समस्या बन्दै ‘कजवे'(भिडियो सहित)

धनकुटा । धनकुटाको हिले वाट काठमाडौ सम्म दैनिक रुटमा चल्ने चण्डीका बसलाई दैनिक हिले-काठमाण्डौ गर्दा सबै भन्दा समस्या पर्ने खण्ड हो हिले -धनकुटा खण्ड ।

यसको कारण हो सडकको नालीमा जम्मा भएको पानी अर्को तर्फ पठाउन सडकलाईनै होच्याइएर बनाइएको स्थान । जसलाई स्थानिय तथा सबारीचालकले ‘कज बे’ भन्ने गरेका छन् । यस्ता ‘कज बे’मा गाडीका बडी ठोकिने भएकाले समस्या भएको हो । यस्ता स्थानमा गाडी ठोकिने भएकाले निकै होसियारी पुर्बक यात्रु ओरालेर कटाउनु पर्ने हुन्छ ।

हिले धनकुटा खण्डको १२ किलो मिटरमा १० वटा ‘कज बे’ रहेका छन् । ति मध्ये आधा भन्दा बढीमा लामा, होचा सबारीसाधन बढि ठोकीने गरेको छ । धनकुटा देखि टुटे सम्म भने दुइ दर्जनको हाराहारीमा रहेका छन् । ति पनि कतिपय स्थानमा भत्किएका छन् । जसले गर्दा सबारीसाधनलाई थप समस्या हुने गरेको छ । त्यसो त सडक डिभिजन कार्यलयले पनि यो समस्याको महसुस गरी अघिल्लो आर्थिक बर्षमै सात वटा ‘कज बे’ हटाएर कलवर्ट निर्माण गर्न टेण्डरनै खुलाएको थियो तर ठेक्का नलागेका कारण काम अघि बढ्न ससकेको तथा यो आर्थिक बर्षमा सो काम अघि बढाउने सडक डिभिजन कार्यलय धनकुटाले जनाएको छ ।

यस्ता सडकमा स्थानिय रुढमा सञ्चालित सवारी साधननलाई कम असर भएपनि बढि लोड भएका सबारीसाधन, भ्रमणमा आउने लामा तथा होचा बडि भएका, तथा साना सबारीसाधन मारमा पर्ने गरेका छन् ।

कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा खण्ड सडक ब्रिटिस सरकारले २०३८ साल देखि २०४२ मा निर्माण गरि दिएको थियो जहा सबै स्थानमा पानी कटाउन कलबर्ट निर्माण गरेको थियो तर त्यस पछि नेपाल सरकारले निर्माण गरेको धनकुटा हिले तथा हिले टुटे खण्डमा भने सडक माथी वाटै पानी कटाउन कज बे निर्माण गरेको थियो । जो अहिले सबारीसाधनको समस्या बन्ने गरेका छन् ।

हेर्नुहोस् भिडियो –

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button