स्थानिय समाचार

प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीबासद्धारा ४ वर्षे कोर्ष पुरा गरेका विद्यार्थीलाई विदाई

धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालयका ४ वर्षे कोर्ष पूरा गरेका विद्यार्थीलाइ विदाई गरिएको छ । शैक्षिकसत्र २०७५/७६ मा सो विद्यालयमा भर्ना भई ४ वर्षे कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई मंगलवार एक कार्यक्रमका बीच बिदाइ गरिएको हो ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीबासद्धारा आयोजित कार्यक्रमको वीच उनिहरुलाई विदाई गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नगरपालिकाको मेयर ज्ञान बहादुर गुरुङले कार्यक्रममा बोल्दै कृषि क्याम्पसको विकासका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

यस्तै बिदाइ भएर जाने विद्यार्थी मध्येबाट रबिन चनले क्याम्पको विकास होस भन्दै आफुहरुले विभिन्न समस्या झेल्दै पढाइ पूरा गरेपनि नयाँ विद्यार्थीलाइ सहज रूपमा पढाइ गर्न पाउने वातावरण मिलोस भन्ने शुभकामना दिएकाछन् ।

कार्यक्रम प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रमुख निराजन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पाख्रीबास नगरपालिकाको उपप्रमुख नम्रता देउजा , पाख्रीबास नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सरोज राई र कृषि अनुसन्धान केन्द्र पाख्रीबासका प्रमुख तथा अतिथिहरुले शुभकामना मनतव्य राखेका थिए । यो क्याम्पसमा नयाँ शैक्षिकसत्रका लागि भर्ना खुलेको कार्यक्रममा क्याम्पस प्रमुखले जानकारी गराउनु भएको थियो ।

क्याम्पसमा देशका विभिन्न जिल्लाका २ सय २५ जना विद्यार्थी थिए । ४४ जना बिदाइ भएसगै १ सय ८१ जना विद्यार्थी कृषि विषयमा अध्ययन गरिरहेका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button