लेख/बिचार

राजतन्त्र हटेर गणतन्त्र सम्म आइपुग्दा हाम्रो सडकको सास्ती ज्यूं का त्यूँ

वीरबल खड्का । पाख्रिवास,धनकुटा। बिगत २७ बर्ष अगि देखी निर्माण शुरु भएर अहिलेको समय सम्म आउँदा पनि सम्मपन्न हुन नसके पछी हिले भोजपुर सडक यातायातकै कारणले बर्षौ देखी भोग्दै आएको बर्खाको समयमा हिलो र हिउँदमा धुलोको दु:ख र शास्ती हामी जनतालाई कहिले सम्म?हामी सबैको सामुहिक समस्या भएर आएको छ। म सानो २/३ कक्षामा पढ्ने समयमा नेपाली सेनाहरुले डोजर ल्याए बाटो खन्दै छन भनेर बिहान बजार गएकाहरुले गाऊ फर्कदै गर्दा सुनाउ थिए।डोजरको आवज सुनेर हेर्नकै लागि भएपनि तत्कालीन पाख्रिबास गा.वि. स.को पुच्छार बाट म लगायत,अहिले केही साथीहरु स्थानीय जनप्रतिनिधी पनि भएका छन् हामी १ घण्टाको बाटो हिडेर हेर्नकै लागि आउँथ्यौं अहिले त्यो समय बितेको २७ बर्ष भयो तर बाटो अवस्था पनि त्यहीनै छ अरुणमा धेरै पानी बगीसकेको छ आज यो बर्खाको समयमा एम्बुलेन्स ता के पैदल सम्म हिड्न नसक्ने अवस्थामा सडक छ यसकैकरणले समयमा उपचार नपाएर धेरै बिरामीको बाटैमा मर्न पर्ने बध्यता बर्षौ देखी भोग्दै र सुन्दै आएको समस्या,कहिले सम्म?

अबता अरब बाट घर फर्कदा पनि काठमाडौ देखीनै हिले बाट घर पुग्ने बाटो कस्तो छ भनेर साथी भाईलाई सोदै निधार खुमचाएर केहिले १२ महिनानै सदाबार सवारी साधन चल्ने होला भन्ने कल्पाना गर्दै बिकास भनेको एकै चोटी हुने पनि हैन समयता लागि हाल्छनी भनेर १ दशक २दशकता पर्खेयो अबता समयले पनि सिमा नागी सकेछ लाग्न थालोकि अब हाम्रो पुस्तमा पनि कालो पत्रे हुन सक्दैनकि क्या हो? त्यसैले आज यो सडकका बिषयमा अब सबैलाई आवन गर्छु अग्रज सबै साथी भाई सरोकारवाला सबैमा जसरी पनि सडकको स्वरुप परिबर्तन गरौँ भन्न चहान्छु यश कुरामा कुनै पनि राजनैतिक आस्था र बिचार भन्दा माथी भएर बोल्नु पर्छ बिकासको आवजलाई बुल्नद बनाउनु पर्छ भन्ने सोचाई राख्नु पर्छ सबैले भरपुर लोकतान्त्रको उपयोग गरौ जसले जसरी बुझुन तर म त्यो माटो भुमीपुत्र हुँ आवज उठाउनै पर्छ भन्ने बुझ्छु सडकका छेउ छाउमा ठुल ठुला घर भने तर सडक बाटो जुन रुपमा दशकौं अगी थियो आज त्यही रुपमा छ यसरीनै हिले ,पाख्रिबास लेगुवा ,हुँदै भोजपुर र सङ्खुवासभा जोड्ने मध्य पहाडी लोकमार्ग सडक खण्ड जहाँ लेगुवा देखि भोजपुर खण्ड अलग ठेक्काबाट कालो पत्रे भई सकेर सञ्चालनमा आए पनि खासै गुणस्तरीय काम भने भएको छैन, रहि पनि हिले पाख्रिबास हुँदै लेगुवा सम्मको सडक खण्ड जस्तो कन्त बिजोग भने छैन बर्खामा हिलो हिउँदमा धुलो जनतालाई शास्ति कहिले सम्म फेरी पनि दोहोरियाएर भन्न चहान्छु।

कहियौ चोटी चुनाब भए हाम्रा स्थानीय देखि केन्द्र सम्मका सबैदलका नेताहरुले यस सडकलाई अाफ्नो चुनाबको बिकासे नारा बनाएका थिए र यसै ठाउँका जनताको मतबाट जितेर पटक पटक विभिन्न दलका नेताहरु सांसद देखी मन्त्री सम्म भए १०० रुपैया तिर्ने तिरो २७ बर्षमा आउदा १००० भयो तर सडकको बिषयले कहिले पनि प्राथामिकता पाउन्न सकेन।हामीले यसरी नै पटक पटक तीनै तहको सरकारलाई समस्याको बारेमा जनाकारी पनि गराएका छौ साथै जनप्रतिनीधी सबैलाई यस सडकको अवस्थाको बारेमा जानकारी पनि छ तर काम हुन सकेको छैन।सबैले किन भनेर प्रश्न गर्दै आएका छन् यसरीनै जनगुनासो उठेसँगै बेलाबेला यो सडक मर्मत पनि गर्ने गरिएको छ बिगतमा पनि कालो पत्रे गर्ने नाममा यसरीनै जनता जुक्याउने काम भएको थियो जुन कलोपत्र १ बर्ष पनि टिक्न सकेन साथै ,अहिले आएर पनि कहिले काहिँ यो सडक खण्ड निर्माणको जिम्मा पाएको कञ्चनजंघा कन्स्ट्रक्सन कम्पनीका ठेकेदार र जनताका जनप्रतिनिधीको बीचमा समय/समयमा गुणस्तरीय काम गर्ने समय अवधीमै गर्ने सम्झौता र निर्णय पनि हुने गर्छन र समयमा काम हुन्छ भन्ने नेताको आश्वसन पनि दिन्छन् तर काम हुदैन अबता सुन्दै छु ठेक्दारनै भागो रे।पटक पटकको अाश्वसन र पत्रकार सम्मेलनमात्र हाम्रा लागि प्रर्याप्त छैन अब। यसको जवाफदेहीता कसले लिने जनताले जवाफ खोजेका छन्।

भौगोलिक अवस्थाको कुरा गर्दा ३१ बर्षमा मेरो आफ्नै अनुभबमा तुलनात्मक रुपमा पाख्रिबासबाट दक्षिण पश्चिम भन्दा उत्तर पुर्बमा अलिकति बढिनै पानी पर्छ र अलिकति फरक माटो छ ताकी सामान्य पानी पर्दा पनि सवारी साधन सामान्य कुद्ने साथ छिटो हिलो हुने र कमजोर माटो र धेरै वसिलो जमिन छ त्यसैले माटो छिटो चल्ने गर्छ त्यसैले पानीले धेरै क्षेति हुने हुदा यो खण्डको कच्चि सडक अतिनै कष्टकर हुने गर्छ। हिले पाख्रिबासको सडकको बिषयमा पटक पटक स्थानीय नगरपालिलाई हामी स्थानीयले यो मध्य पहाडी लोकमार्गको ठेक्का प्रक्रिया लामो र समय लाग्ने र स्थानीय सरकारको क्षेत्र अधिकार भित्र नपर्ने भएकाले नगर आफैले सबै तिर सडक सञ्जाल बनाउदै छौ तदनुरुप हामीले कृषि केन्द्र शितला देबी मा वि हुदै हिले जोड्ने तल्लो सडक (पुरानो साबिकको बाटो)लाई नगरपालिकाको बजेटबाट बलियो र भर्पर्दो कालो पत्रे गरौ ताकी पाख्रिबास-हिले सहज बैकल्पिक बाटो सञ्चालन आहोस भनेर अनुरोध गर्दा पनि नागरिकको अवाज सुनुवाई हुन नसक्नु यसमापनि स्थानीय सरकारको पनि उत्तिकै कमजोरी छ।

बैकल्पिक भनिएको (तल्लो)सडक पनि स्थानीयले आफै थोरै लागतमा बाटो कालो पत्र गरे पनि सवारी साधन चल्ने अवस्थामा छैन त्यसैले सबै सरोकारवालाको ध्यान पुगोस नत्र भोलीका दिनमा मन्त्री, ठेकेदार,सरोकारवाला सबैको फोटो पोल पोलमा र बजारका चोक चोकमा राखेर बिरोध गर्न बाध्य नतुलाईयोस र यो सडक निर्माणको बिषयमा अतिमा पनि चार भयो यो सडक राजतन्त्र देखि गणतन्त्र सम्म २७ बर्ष सम्म आउदा पनि कालो पत्र हुन नसक्नु दुर्भाग्यका साथ लापरबाही हो अब यश क्षेत्रका जनताको धैर्यता टुटिसकेको छ त्यसैले सबैले आवज उठायौ र सरोकारवालाको ध्यानाकर्षण गरायौं ताकी यो सास्ती र दु:खको बिकल्प खोज्दै सडकको स्वरुप परिवर्तन गरौँ र अब परिणाम खोजौ। ताकी भाबिपिडिलेे पनि हाम्रो पुस्तालाई सधै स्मरण गरुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button