काका म पनि कतार आउनु पर्यो
काका म पनि कतार आउनु पर्यो ?”मेरो नब जवान भतिजले नेपालबाट मलाई भन्दै थियो।
आवश्यकताले सिर्जना गरेको बाध्यता मानब जीवनका आधारभुत आवश्यकताहरु जसरी पनि पूरा गर्ने पर्छ तर अन्य आवश्यकता जति बढायो त्यत्तिनै बढ्छन् ,यो एउटा प्रतिनिधी पात्र मात्र हैन यथार्थ र वास्तविक साचौ हो।आज अचानक मलाई रात्रीकालिन डिउटीको समयमा थिए ,सम्बन्ध र नाताले हामी काका भतिज हुम।उसले भन्दै थियो काका म पनि कतार आउनु पर्यो? मेरा लागि भिषा मिलाईदिनु पर्यो भनेर प्रश्न गर्दे भन्दै थियो ?काका यहाँ मलाई व्यवहार गर्ने गाह्रो भयो? पढाई बि.बि.एस. पास गरे,अब पढाईलाई निरन्तरता दिने आर्थिक अवस्था पनि छैन मेरो, जागीरका लागि धरै ठाऊमा गए र कोसिस पनि गरे, कतै पनि मिलेन के गर्ने ?सगैका साथीहरुका आफ्ना मान्छेे ठाउँमा थिए यसले गर्दा जागीर पाए तर म चहि धरै ठाउमा गए लिखित पास हुन्छु तर मौखिक कहिले पास गर्न सकिन्न बिडम्बना काका कुनै व्यपार ब्यबसाय गर्न पनि म सँग चाहिने पैसा छैन ,बैंकको कर्जा पनि पहुचवालाका लागि मात्र रहेछ, कृषि ,पशुपाल गरौ भने पनि नत समयमा बिऊनै पाईन्छ न मल जसोतसो गरेर उत्पादनै गरे पनि सिजनमा बजार मूल्य पाउन्न गारो छ यहाँ ,धेरैको देखेको छु यस्तेै,उस्तै समस्या त्यही भएर कतिले गर्दै गरेकाले पनि छोडेर बिदेशनै गए।काका के गर्नु,मैले पनि बिदेश जाने निर्णय गरे मलाई पनि बिदेश आउने वातावरण बनाई दिनु पर्यो पासपोर्ट बनाएर आएको छु काका भन्दै गर्दा मैले अती सरल तरिकाले उसलाई हालको विश्व भरि देखीएको कोरोना भाईरस महामारी र कतारमा कार्यरत धेरै नेपालीसँग मिल्ने केही समस्याका बारेमा आफ्नो भोगाई बताए ताकी उसलाई मेरो उत्तरले असहज नहोस स्वदेशमै केही गर्नु पर्छ भने, साथमा बुझेर कल गर्छ भनेर थोरै आश्ववसन पनि दिए ताकी उसलाई मेरा कुराले जन निरास नहोस भनेर। तर कुरा मसँग भिन्न पनि थियो ।
जुन भतिज जसलाई मैले कहिमहिना अगाडी मात्र बिवाह बन्धनमा बाधीएको थियो र जोडीलाई मैले बधाई र नयाँ जीवनको शुभकामना दिएको थिए सामान्य खेती पतिले जीवनयापन गर्ने हैसियत हुदाहुँदै पनि आफ्नो दक्षता र क्षमताले सुहाउने न कुनै काम पायो न कुनै व्यबसाय गर्ने वातावरण पायो यसरी हौसाला , प्रोत्साहान र अवसर कमी गराउने परिवार, समुदाय वा राज्य को नेतृत्व गर्नेहरुले अवसर नदिनु अनि यस्तो अवस्था र चिन्ता पुर्याउनु एउटा नबजवान युवाका लागि मात्र हैन सिङ्गो सबैका लागि दुर्भाग्य नै हो ।अब यसमा अवसर र वातावरण आफैले बनाउने हो भन्ने प्रश्न आउछ तर त्यो सबैमा लागू पनि हुदैन तसर्थ रातमा हिड्न परो भन्ने तपाईका आखामात्र पर्याप्त हुदैन्न अलिकति उज्यालोको पनि सहारा भने पक्कै चहिन्छ गन्तव्यमा पुग्नलाई तसर्थ आफुलाई जिम्मेवार हुँ भन्नेहरुले बझ्नु पर्छ।
खल्लो मनले मैले भन्ने पर्छ यहाँ हाम्रै बलीदानीले नेताहरूलाई नेपालको व्यबस्था परिबर्तनका नामले दशकौंदेखि नेता र यिनीहरुकादललाई साथ दिदै आएर अहिले देशमा सङघीयता लगायत धेरै परिवर्तन आए ,गाउँ देखि केन्द्र सम्मका नेता र तिनीहरुका कार्यकर्तालाई जागीर दिएर नेताका छोरालाई राज्यकोषको पैसाबाट एउटा हैन २/२ वटा बिवाह गर्न अनि हनिमुन मनाउनका लागि हिमालमा पठाउने अनि तिनैलाई मेयर देखि मन्त्री सम्मको उपहार दिएर हामी सर्बसाधरणलाई चहि अभाब र जटिलताको कनिका छरेर बिदेश जाऊ भन्ने यो अधिकार कसले दियो??आज बिवाह गरेर नब दुलही छोडेर भोलीपल्ट बिदेश जा भन्नेर भन्ने चाहे त्यो अभिभाबक होस चाहे त्यो आफ्नेै नातेदार हुुन बिवाह गरेर जोडीलाई सगै बस्न नदिने जति अपराधी यो दुनियाँमाहरुकोही हुन सक्दैन।रेमिटान्सको सपना देखाएर अभिभाबकत्व ग्रहण गर्ने हरूनै यो कर्म र त्यसप्रती प्रोत्साहान गर्नु जतिको ठुलो पाप हरु कुनै हुन सक्दैन यो जिम्मेवार पुस्ताले सोच्ने कि?? नसोच्ने?? हामीले निर्माण गरिरहेको समाज कस्तो बन्नला भोलीकादिनमा यसले कस्तो समाज तयार होला?मैले एउटा कुरा भन्नै पर्छ यहाँ मेरो चिन्ता यहाँ बुढि मरीसँग हैन काल पल्कियो सँग हो यसरीनै नेपाललाई मानव संसाधन निर्यात गर्ने मुलुक नै बनाई राख्ने?
आज जन्मदै गरेको नेपालको एउटा छोरो होस वा छोरी यस्तै मानसिकता राख्ने हो भन्ने अबको २० बर्ष पछिको कतार साउदी बहराईन युरोप अमेरीका वा अष्ट्रेलियाका लागि जनशक्ति तयार पारिदैछ? अनि फेरी राज्यबाट बैदेशिक रोजगार बोर्ड खोलेर फ्रि टिकट फ्रि भिषा रे साथै धेरै नयाँ श्रम गन्तव्यमा संझौता रे अनि परिवारलाई नम्बर पठाउदा पैसा आउनु पर्ने? अनि राज्यका जिम्मेवार निकाएमा बस्नेहरु र सर्वहारका नेता चहि कमिसन ,कालो बजारी , भ्रष्टाचार र अनियमितताको दल दलमा यसले के परिणाम ल्यौला।समयमा चेत नखुल्नेे हो भने मिलन हैन बिछोडको बिन्दुमा पुग्छ परिवार,समाज र देश।चिन्ताको बिषय हो यसर्थ हाम्रेै पुस्ताले बुझौ।
-वीरबल खड्का,पाख्रिबास, धनकुटा(हाल:कतार)