स्थानिय समाचार

कोपिन मानन्धरको निधनमा कांग्रेस धनकुटाद्वारा शोक विज्ञप्ती जारी,तिन दिन सम्म जिल्ला पार्टी कार्यालय बन्द गर्ने निर्णय

धनकुटा । नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमिति धनकुटाका सभापति तथा यूवा समाजसेवी कोपिन मानन्धरको आज असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज शोक विज्ञप्ती जारी गर्दै हार्दिक समवेदना व्यक्त गर्दै तिन दिन सम्म जिल्ला पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गर्दै पार्टीको पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरको आज विहान भएको असमायिक निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको उल्लेख गरिएको छ ।
मानन्धरको असमायीक निधनले धनकुटा कांग्रेसलाई मर्माहित र अत्यन्तै दुखित बनाएको समेत विज्ञप्तीमा उल्लेख छ ।

पाख्रिवास नगर सभापती मानन्धरको निधनले नेपाली कांग्रेस धनकुटाले एउटा आर्दश नेता कुसुल संगठनकर्ता गुमाउनु पर्दा नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको समेत धनकुटा कांग्रेसले जनाएको छ । २०३० ÷७÷ २ गते जन्मनु भएका कांग्रेसका पाख्रिवास नगर कार्य समितिका सभापती मानन्धरको आज विहान असमायिक निधन भएकोले उहा प्रति धनकुटा कांग्रेसले श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक सवेदना व्यक्त गरेको छ । स्वर्गीय नगर सभापति मानन्धरको एक छोरी र एक छोरा हुनुनहुन्छ ।

पाख्रिवास नगर कार्य समितिका सभापति स्व. मानन्धर प्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागी नेपाली कांग्रेस धनकुटा जिल्ला पार्टी कार्यालयमा तिन दिन सम्म झण्डा झुकाई कार्यालय बन्द गर्ने र नेपाली कांग्रेस पाख्ििरवास नगर कार्य समितिको कार्यालयमा ७ दिन सम्म पार्टीको झण्डा झुकाई कार्यालय बन्द गर्ने १३ दिन सम्म पार्टीको जिल्ला तथा नगर कार्य समितिहरुको कार्यालयहरुमा शोक पुस्तिका राख्ने र श्रद्धाञ्जली व्यक्त गर्ने नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

सम्बन्धित समाचार

Back to top button