स्थानिय समाचार

भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसरमा खाना महोत्सव हुने

धनकुटा, ९ पुष । प्रदेश न १ कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा खाना महोत्सव आयोजना गरिने भएको छ । धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएसन भेडेटारले उक्त जानकारी दिएको हो ।

पौष १६ देखि तीन दिन सम्म परिकार महोत्सव गर्ने भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादन स्टल रहने होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षित गर्न पदयात्रा र साइक्लीङ जस्ता खेलको पनि आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । भेडेटारमा परिकार महोत्सव हुन लागेको यो १० औं पटक हो । कोरोनाका केहि बर्ष महोत्सव आयोजना गरिएको थिएन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button