स्थानिय समाचार

ध्वजे डाँडामा महागुरु फाल्गुनन्द, जयमान जवेगु र लालप्रसाद जवेगूको शालिक अनावरण

धनकुटा । धनकुटाको सांगुरीगढी गाँउपालिका ५, डाँडाबजार, फुकुदेन (ध्वजे डाँडा)मा महागुरु फाल्गुनन्द, जयमान जवेगु र लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको हस्तवाहुलीबाट प्रतिक अनावरण गरिएको हो ।

महागुरुका चेला जयमान जवेगुको शालिक र किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको छ । एक कार्यक्रमको बीच धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले शालिक अनावरण गर्नुभएको हो । मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान जवेगु किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूतिको रुपमा चिनिन्छ ।

शालिक अनावरण कार्यक्रममा आशीर्वचन दिनुहुँदै सेइङले किरातधर्ममा अमृत पिउन पाइने उल्लेख गर्नुभयो । उहाँले खानपिनमा सुधार भएर सबै जना सत्यको बाटोमा लाग्नुपर्छ’ भन्नु भयो, ‘हामी माङसा हाङसाहरुले राक्षसी कर्म छोड्नुपर्छ।’ माङसेवा गर्दा शुद्ध फलफूलले मात्र सेवा गर्न सबैलाई आग्रह गर्नु हुँदै उहाँले थप्नु भयो, ‘पवित्र फलफूलले सेवा गर्दा पनि माङ आउँछ, आशीर्वाद पाइन्छ भन्नुभयो ।’ पछिल्लो समयमा किरात धर्मावालम्बिको संख्या अत्याधिक बढ्दोक्रममा रहेको भन्दै सावायेहाङ किरातहरु एक हुनुपर्ने समय आएको उहाँले प्रष्ट पार्नुभयो । आशीर्वचनकै क्रममा छोरा छोरीबीच समान व्यवहार गर्नु पर्ने समेत बताउनु भएको छ ।

त्यसैगरी महागुरु फाल्गुनन्दकालिन किरात माङहिममा अङसीमाङ तथा अङसीमामाङले विश्व शान्ति तथा मानव एकताका लागि माङसेवा समेत गर्नु भएको थियो । संघीय सांसद राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समारोहको तर्फबाट अङसीमाङ तथा अङसीमामाङमा अभिनन्दन पत्र चढाइएको थियो ।

यस्तै महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान चवेगु शालिक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुले ध्वँजेडाँडामा महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा स्थापनाका लागि शिलान्यास तथा अनुगमन समेत गर्नु भएको थियो । कार्यक्रममा अङसीमाङ तथा अङसीमामाङ, गुरु सुपुत्र नाम्बिनहाङ लिङ्देन, गुरु निजी सचिव टंक लिङदेन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, प्रदेश संसद निरन राई लगायतको उपस्थिति थियो ।

महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान चवेगु शालिक अनावरण समारोहका अध्यक्ष जयकुमार थेगिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य दिलकुमारी थेगिमले राखेकी थिइन भने भगिहाङ नेम्बाङले कार्यक्रम सञ्चालन गरेका थिए । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरु हवाई मार्गमार्फत धनकुटाको फुकुदेनमा माङसवार भएको हो।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button