स्थानिय समाचार

सुलभ बचत तथा ऋण सहकारी संस्था सिधुवाको आर्थिक वर्ष ०७८-७९ मा ४८ लाख ७७ हजार बराबरको नाफा

धनकुटा । सुलभ बचत तथा ऋण सहकारी संस्था सिधुवाको आज १९ औं साधारण सभा जारी छ । साधारण सभाको उद्घाटन सत्रमा आर्थिक वर्ष २०७८।०७९ को ४८ लाख ७७ हजार बराबरको नाफा प्रस्तुत गरिएको छ ।

सहकारीका अध्यक्ष मेघेन्द्र गुरुङले सहकारीको वार्षिक प्रतिवेदन एवम् नीति कार्यक्रम र आ.व. २०७९।०८० को प्रस्तावित कार्यक्रम तथा रणनितिक योजना प्रस्तुत गर्नु भएको थियो ।

यस्तै सहकारीका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पृथ पौडेलले आर्थिक वर्ष २०७८।०७९ को जम्मा आम्दानी १ करोड ६६ लाख ४१ हजार ६ सय ९२ रुपैया ६५ पैसा र खर्च ८२ करोड ९९ लाख ४ सय ७९ रुपैया ७१ को विवरण प्रस्तुत गर्नुभयो । साथै २०७८।०७९ खुद नाफा सहकारीको ४८ लाख ७७ हजार ५ सय ९१ भएको बताउनु भयो ।

सो अवसरमा सहकारीले असल कारोवार गर्ने गायत्रीमाया सार्की,रुद्र वहादुर कटुवाल,उत्कृष्ठ वचत कार्ता खगेन्द्र भट्टाई,खड्गमाया राई,अधिक शेयर धनी कुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ, उत्कृष्ठ दैनिक वचत कर्ता तोज कुमार श्रेष्ठ र धनुष लिम्बु,उत्कृष्ठ वाल वचत कर्ता शिवानी अधिकारी,एलेक्स थापा मगरलाई करुवा प्रदान गरिएको छ ।

माहालक्ष्मी ९ राम मावि गणेशटार,छथरजोरपाटी ६ सरस्वती मावि, छथरजोरपाटी ५ सिद्धदेवी प्राविका विद्यार्थीहरु दिपक मादेन, अकिसा घले मगर, शिव श्रेष्ठ,वर्षा राई अमित भट्टाई, र निर्जला घिमिरेलाई पोषाक तथा स्टेस्नरकिा सामान प्रदान गरिएको छ ।

साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी,वडा नं ६ का वडाध्यक्ष दीपक गुरुङ, छथरजोरपाटी गाउँपालिका निर्वतमान उपाध्यक्ष भीमकला श्रेष्ठ, प्रेम प्रसाद ढकाल, जिल्ला होटल तथापर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेज वहादुर पुरी लगायतले शूभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै २०७८।७९को एसईइमा उत्कृष्ठ जिपिए ल्याउने रक्षा अधिकारी र विधिसा भट्टाई र अनिष ढुंगानालाई सम्मान पत्रले सम्मान गरिएको छ । साधारणसभामा सहकारीका शेयरधनी,सदस्य,शिक्षक वुद्धीजिवी लगायतको उपस्थिती थियो । अहिले सहकारीको नयाँ समिति चयनका लागि निर्वाचन जारी छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button