स्थानिय समाचार

झुटो आरोपमा पक्राउ परेका कांग्रेस धनकुटा नगर सभापति श्रेष्ठ र सदस्य शाह रिहा

धनकुटा । झुटा आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाह रिहा भएका छन ।

ज्यान मा’र्ने झुटा आरोपमा पक्राउ परेका नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ र नगर सदस्य शिव पुजन शाह जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन ।

नेकपा एमालेका केही नेताहरुले षडयन्त्र गरी फसाउने उदेश्यले नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाहलाई एमालेका कार्यकर्ताहरुलाई कु’टपिट गरेको भनी झुटा आरोप लगाएर ज्यान मा’र्ने मुद्धा दर्ता गरेका थिए ।

उनीहरु दुवै जनालाई जिल्ला अदालत धनकुटाले जनही ४० हजार रुपैया प्रति व्यक्ति धरौटी लिई तारेखमा रिहा गरेको हो । सभापति श्रेष्ठ सदस्य शाहको पक्षमा डि एल ए धनकुटाका वकिलहरुले बहस गर्नु भएको डि एल ए धनकुटाका अध्यक्ष लाखमान राईले वताउनु भयो ।

रिहा भएका नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाहलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई लगायतका नेताहरुले खादा लगाई स्वागत गर्दै सम्मान गर्नु भएको थियो । सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष मिलन कुमार खड्गी लगायत जनप्रतिनिधिहरु र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

नेकपा एमालेका धनकुटा नगरपालिका वडा नं. ६ का कार्यकर्ता राजन कार्की मादक पदार्थ सेवन गरी आफै लडेर घाईते भएकोमा उनलाई कुटपिट गरी घाईते बनाएको भनी कपोल कल्पित तरिकाले झुटा आरोप लगाई षडयन्त्र पूर्वक ढंगले नगरसभापति श्रेष्ठ र सदस्यश शाहलाई फसाउन नेकपा एमालेका केही नेता तथा कार्यकर्ताहरु लागी परेका थिए ।

नेकपा एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरुले धनकुटामा जितको दम्व र उन्मातका कारण नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुमाथि वारम्वार झुटा मुद्धा लगाई फसाउन षडयन्त्र अव पनि गरिरहे नेपाली कांग्रेस धनकुटाले ले अव नेकपा एमाले धनकुटाको कडा प्रतिवाद गर्ने चेतावानी दिदै यस किसिमको हर्कद तत्काल बन्द गर्न समेत नेपाली कांग्रेस धनकुटाले नेकपा एमालेलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button