स्थानिय समाचार

पाख्रिबासमा तयार भयो यस्तो वधशाला

पाख्रिबास,धनकुटा  । धनकुटाको पाख्रीवास नगरपालिकाको साप्ताहिक शनिवारे हाट वजारमा व्यवस्थित व,धशाला निर्माण गरिएको छ ।

व,धशाला वनिए सँगै अव त्यहाँका स्थानिय उपभोक्ताले स्वच्छ, सफा मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ । शहरी विकास कार्यलय धनकुटाद्धारा प्राप्त १५ लाख वजेट मार्फत झण्डै २ रोपनी वढी जग्गा क्षेत्रफलमा वधशाला वनाईएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष मान्नधरले वताउनुभयो । यही वजेट भित्र हाट वजार छेउ कै करिव ३५ मिटर वाटो पनि वनाईएको छ ।

व,धशाला र वाटो निर्माण कार्यमा समितिका २३ जना युवाहरु खटिएका थिए । स्थानियका अनुसार यसअघि त्यहाँ व,धशाला भएपनि व्यवस्थित थिएन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button