स्थानिय समाचार

नगरपालिकाका किसानहरुलाई नि:शूल्क डाले घाँसको विरुवा वितरण

पाख्रिबास, धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका पशुपालक किसानहरुलाई आज नि:शूल्क रुपमा डाले घाँसको विरुवा वितरण गरिएको छ ।

नगरको पशु सेवा शाखाको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अन्र्तगत १० वटै वडाका १ सय १५ जना किसानलाई नि:शूल्क रुपमा डाले घाँसको १० हजार विरुवा वितरण गरिएको हो । पशु पोषण आहारा व्यवस्थापन गर्ने उद्देश्यका साथ किसानहरुलाई वकैनो,नेभारा,टाँकी र मेन्डोला जातको डाले घाँसको विरुवा नि शूल्क रुपमा प्रदान गरिएको पशु सेवा शाखा प्रमुख गोरख वहादुर तामाङ्गले जानकारी दिनुभयो ।

शाखा प्रमुख तामाङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच कार्यक्रमका प्रमुख अतिथि तथा पाख्रीवा नगरपालिका ४ का वडाध्यक्ष शोवित निरौलाले किसानहरुलाई ती घाँसको विरुवा प्रदान गर्नुभएको थियो ।

चालु आर्थिक वर्ष २०७६/७७ को १ लाख वजेट मार्फत डाले घाँसको विरुवा वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ । यो सँगै पशु सेवा शाखाको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम सकिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button